उम्मेदवार टुंगाउन देउवा आन्तरिक परामर्शमा, पौडेल पक्षीय नेताहरु छुट्टै छलफलमाा « Khabarhub

उम्मेदवार टुंगाउन देउवा आन्तरिक परामर्शमा, पौडेल पक्षीय नेताहरु छुट्टै छलफलमाा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १४औँ महाधिवेशन उद्घाटनको केहि घण्टाअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन् ।

पदाधिकारीमा उम्मेदवारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन् ।

स‌ंस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासो महामन्त्रीमा छ । महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहेका छन् ।

नेता कृष्ण सिटौला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । सिटौलाले उपसभापतिसहितका पद मागिरहेका छन् । उक्त समूहबाट प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् ।

त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ । संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।

सहमति जुटन नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसकेका छन् । शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् । जसले पौडेल पक्षलाई साझा उम्मेदवार बनाउनै मुस्किल परेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : २१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको