ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी « Khabarhub

ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् ।

ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् ।

पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् ।

‘मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु’, तमानखोला गाउँपालिका–२ का पूर्णबहादुर छन्त्यालले भने, ‘चिसो बढेपछि ढोरपाटनमा बस्न सकिँदैन ।’

बालबालिका बोबाङमा झरिसकेकाले ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको स्थानीय अभिभावक आइते विश्वकर्माले बताए । काम विशेषले आफू गाउँमै बसेपछि बालबालिका बेँसी झरिसकेका उनले जानकारी दिए ।

ढोरपाटनका अधिकांश मानिसको बोबाङ, निसी र बुङ्गादोभानमा जग्गा तथा घर छ । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेँसी झर्ने गरेका हुन् ।

बालबालिका बेँसी झरेपछि ढोरपाटनको ज्ञानोदय माविमा पनि विद्यार्थी सङ्ख्या बढेको प्रधानाध्यापक यामबहादुर कायतले बताए ।

‘बालबालिका पढ्न आउँछन्, नआऊ भन्न मिलेन, चिसो समयमा फर्निचर पनि पुग्दैन’, उनले भने, ‘गर्मी लागेपछि भने उनीहरु ढोरपाटन जान्छन्, विद्यालय सुनसानजस्तै हुन्छन् ।’ माथिल्लो कक्षाका बालबालिका अभिभावक नभए पनि घरमै बस्ने भएकाले विद्यार्थी नघट्ने उनले बताए । साना बालबालिका भने अभिभावककै साथमा जाने आउने गर्छन् ।

ढोरपाटनमा अधिकांश किसानले आलुखेती गर्छन् । उक्त आलु भित्र्याएपछि पशु चरन गर्ने र आगामी वर्ष आलु लगाउने योजनामा उनीहरूले बसाइँसराइ गरिरहन्छन् । ‘आलु उत्पादन गर्ने, बुर्तिबाङमा बेच्ने र जीवन चलाउने गरेका छौँ’, स्थानीय चन्द्रसिंह कुमाइले भने, ‘आलु नलगाए किसानलाई खानै पुग्दैन ।’

उच्च पहाडी क्षेत्र भएकाले धानखेती भने हुँदैन । ढोरपाटनका जनवादी आधारभूत विद्यालयसँगै ज्योति विकास मावि र सरस्वती प्राविमा पनि बालबालिका घटेका छन् । अत्यधिक जाडो हुँदा अस्थायी विद्यालय नभएकाले पनि बन्द गराउँछन् ।

बस्ती सुनसान भए पनि ढोरपाटन घुम्नेको सङ्ख्या भने बढेको छ । गुल्मी, पर्वत, बागलुङ, म्याग्दी तथा प्यूठानबाट बढी मानिस घुम्न आउने गरेको वडा नं ९ का सदस्य पानबहादुर विकले बताए ।

पर्यटक धेरै नै आउँछन्, कतिपयले रमाइलोका लागि आउँछन् भने कतिपयले समूहको अध्ययन अवलोकनस्थल पनि ढोरपाटन बनाउने गरेका छन् ।

ढोरपाटनमा आउनेले यहाँका सांस्कृतिक पहिचान, लोकगीत सङ्गीत र कला तथा संस्कृतिको पनि खोजी गर्ने गरेको होटल व्यवसायीले बताए । सामुदायिक घरबासमा बस्ने र होटलमा बस्ने पाहुनाले गीतसङ्गीतका लागि दोहोरीको व्यवस्थापन गरिदिनसमेत आग्रह गर्ने गरेको विकले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ५० बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा