मेडिकल सामग्री अभावमा अफगान बालबालिकाको उपचारमा समस्या « Khabarhub

मेडिकल सामग्री अभावमा अफगान बालबालिकाको उपचारमा समस्या


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानका अस्पतालहरूमा मेडिकल सामग्रीको अभावमा अफगान बालबालिकाहरूको मृत्यु दर ५० प्रतिशत बढेको पाइएको छ ।

इन्दिरा गान्धी बाल अस्पतालका अधिकारीहरूका अनुसार अफगानिस्तानमा पर्याप्त मेडिकल सामग्री नहुँदा बालबालिकाहरूमा कुपोषण पनि बढ्दै गएको छ । कुपोषित बालबालिकाको संख्या ५० प्रतिशतले बढेको अस्पताल स्रोतलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएको छ ।

कुपोषणका कारण अफगान बालबालिकाहरूमा अस्पताल भर्ना हुने र उपचारका क्रममा मृत्युदर पनि बढेको छ । एक चिकित्सकलाई उद्धृत गर्दै तोलो न्यूजले जनाएअनुसार त्यहाँ हालसालै बिरामीको संख्या बढेको तथा उपचारमा पनि असर परिरहेको छ ।

इन्दिरा गान्धी बाल अस्पतालका प्रमुख, मोहम्मद लतिफ बहिरले मेडिकल सामग्रीको आपूर्ति सहज बनाउन जरूरी रहेको बताएका छन् ।

स्रोत : विजनेश स्ट्यान्डर्ड

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : २५ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले