४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ « Khabarhub

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ ।  यससँगै पाँच हजार ३५० समुदायमा आधारित सिकाइ समूहहरु गठन गरेको पनि जनाइएको छ ।

युनिसेफका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरैजसो किशोर किशोरीहरूलाई अझै पनि विद्यालय जान अनुमति नदिइएकाले बालविवाहको जोखिम पनि बढेको छ । शिक्षा प्रायः बालविवाह र बालश्रम जस्ता नकारात्मक समस्याहरुको सामना गर्ने संयन्त्र र सुरक्षाको उपाय हो ।’

युनिसेफले गरेको एक अनुमानले १५ देखि ४९ वर्ष उमेर समूहका २८ प्रतिशत अफगान महिलाको १८ वर्षअघि नै विवाह भएको खुलासा गरेको छ ।

स्रोत : इन्डिया टुडे

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : ०५ बजे

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई