कांग्रेस महाधिवेशनको इतिहास यस्तो छ « Khabarhub

कांग्रेस महाधिवेशनको इतिहास यस्तो छ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए ।

कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।

तेस्रो महाधिवेशन पनि भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भए ।

भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए ।

कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ । वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटौँ महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति भए भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति भएका थिए ।

विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।

यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति बने ।

कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

१४औँ महाधिवेशन ०७८ मंसिर २४ गते हुँदैछ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ५१ बजे

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा