कांग्रेस महाधिवेशन :  निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला « Khabarhub

कांग्रेस महाधिवेशन :  निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाइँ उत्कर्षमा पुगेको छ ।

सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् ।

कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी दावी गर्दै शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिले सभापतिमा दावी गरिरहदा सिटौला भने सभापतिका अर्का आकांक्षी देउवासँग निजक रहेर पहिला आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

विगतमा सभापतिका उम्मेदवारका रुपमा आफूलाई उभ्याउदै आएका सिटौला आकांक्षी वढेसँगै सभापतिको दौडवाट पछि हटेका छन् । तर उनले आफूलाई समर्थन गर्दै आएका पूर्वविद्यार्थी नेता प्रदीप पौडेल, नेताहरु उमाकान्त चौधरी, शिवप्रसाद गुमागाईलगायतका दुई दर्जनभन्दा वढी नेतालाई केन्द्रीय समितिमा अटाउने गरी सभापतिका आकांक्षीहरुसँग बेग्लावेग्लै छलफल गरिरहेका छन् ।

महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा उनी वर्तमान सभापति शेरबहादुर देउवा निकट बसेर आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

आफू पक्षीय ३० जना नेतालाई देउवाको प्यानलवाट प्रतिस्पर्धा गराउनु पर्ने अडानमा रहेका सिटौलाले माग पूरा नभए महाधिवशेन उद्घाटनकै दिन सार्वजनिक रुपमा सभापतिमा दाबी गर्ने बताइरहेका छन् ।

तर देउवाले कम्तीमा २० जना सिटौला पक्षीय नेताको व्यवस्थापन गर्ने बचन दिइसकेको सिटौला निकट एकजना केन्द्रीय सदस्यको दाबी छ । सभापति नपाए सवैभन्दा वढी मतसहित उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना सिटौलाको छ ।

तर देउवासमूह भित्रैबाट विजय गच्छदार, पूर्णबहादुर खड्काजस्ता नेतालाई देउवाले उपसभापतिको आश देखाएका कारण सिटौला सो पदमा आफू सुरक्षित नरहेको महसुस गरिरहेका छन् ।

‘सभापति छाडेर उपसभापतिमा जाँदापनि देउवाले दुईजना नेतालाई उपसभापति बनाउने बचन दिइसक्नुभएको छ, त्यसकारण सिटौला आफू सभापति या पदाधिकारी बन्ने भन्दा आफु निकट नेताको व्यवस्थापनमै केन्द्रित हुनुहुन्छ,’ सिटौला निकट ती केन्द्रीय सदस्यले भने ।

देउवाको साथ छाडेर आफु निकट नेता जिताउन नसकिने र उपसभापतिमा दाबी गरेर कोइराला लिगेसीका नेतालाई चिड्याउन नचाहने सिटौलाको रणनीतिका कारण पनि उनी अहिलेसम्म खुलेर बोलेका छैनन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : २० बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा