दुबै पक्ष सहमतिको प्रयासमा, उद्घाटन सत्रमा ढिलाइ (लाइभ) « Khabarhub

दुबै पक्ष सहमतिको प्रयासमा, उद्घाटन सत्रमा ढिलाइ (लाइभ)


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरू हुनुअघि  सहमितको सन्देश दिन दुबै पक्ष असफल भएको छ ।

सभापतिमा शेरबहुदर देउवालाई नै उठाउने निर्क्यौलमा पुगेको संस्थापन पक्ष पदाधिकारीमा भने सहमति जुटाउन सफल भएको छैन । अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु जुटे पनि सहमति हुन सकेन ।

इतर समूहमा पनि सभापतिको साझा उम्मेदवारीमा सकस देखिएको छ । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिए पनि प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी छाडेका छैनन् ।

सभापतिमा पौडेललाई देउवाले प्रस्ताव गरे सहमति गर्ने नेता विमलेन्द्र निधीले बताए पनि पौडेल समूहभित्रै सहमति आकांक्षीले दाबी छाडेका छैनन् । सभापतिमा देउवा, पौडेल, निधी, सिंह, कोइराला नाम चर्चामा छ ।

तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधीले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए ।

पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ । विमलेन्द्र निधीले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने ।

नेताहरुबीच सहमति नजुट्दा महाधिवेशनको ‍औपचारिक कार्यतालिका पनि प्रभावित भएको छ । भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि, विभिन्न पार्टीका नेताहरु सहभागी भए पनि कांग्रेस शीर्ष नेता नै पुगेका छैनन् ।

हेर्नूहोस् भिडियो

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : २३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त