ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप « Khabarhub

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा-  ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तीव्र पारिएको छ ।

५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छन् ।

जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो ।

एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप दिने व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : १७ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त