एमाले विभाजनपछि एउटै मञ्चमा ओली- नेपाल र प्रचण्ड | Khabarhub Khabarhub

एमाले विभाजनपछि एउटै मञ्चमा ओली- नेपाल र प्रचण्ड


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् ।

काठमाडौंमा आज शुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन् ।

सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट  प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।

एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने भएका हुन् ।  एमाले विभाजन भएर नेकपा (एस) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गरेका ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ५९ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते