रमेश खरेलले घोषणा गरे नयाँ पार्टी « Khabarhub

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टी घोषणा गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपाल सुशासन पार्टी’ नामक पार्टीको घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताएका छन् ।

उनले आफ्नो पार्टीले राष्ट्रियतालाई सबैभन्दा धेरै महत्व दिने भन्दै त्यसलाई शिरमा राख्ने बताए । उनले देश सुहाउँदो सुशासनलाई पार्टीको प्रमुख एजेण्डा बनाइएको बताए ।

उनले अहिलेका राजनीतिक दलहरुले जनताका लागि केही नगरेकाले आफूहरुले नयाँ पार्टी स्थापना गरेको जिकिर पनि गरे ।

‘राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन्’, उनले भने ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ३३ बजे

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक