पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन् « Khabarhub

पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन्


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको टुंगो लगाउन भन्दै कांग्रेस संस्थापन इतर समूहको निर्णायक बैठक शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्यो। सभापतिका चारैजना आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालासहितको बैठकले सहमति जुटाउन सकेन ।

बैठकमा महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा आफ्नो दाबी यथावत रहेको अडान राखेका छन् । सभापतिको अडान राखेर उनी बैठकबाट बाहिरिएका छन् । शुक्रबार महाधिवेशन उद्घाटन भएको छ । शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ता गर्ने समय आइसक्दा पनि पौडेल समूहले सभापतिबारे निर्णय गर्न सकेको छैन।

संस्थापनबाट भने शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्ने भएका छन् । संस्थापनले पनि अन्य पदाधिकारी भने टुंगो लगाएको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : २५ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा