सन् २०२१ मा प्रेम जीवन सुखद रहने सात राशी « Khabarhub

सन् २०२१ मा प्रेम जीवन सुखद रहने सात राशी


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ । ज्योतिषका अनुसार कुण्डलीमा शुक्रको स्थितिका कारण सम्बन्ध बन्ने वा बिग्रने गर्दछ । तर सन् २०२१ मा ७ राशीले भने शुक्रको कृपाको कारण प्रेममा विशेष सम्बन्ध रहनेछ ।

यो वर्ष ती ७ राशीले सच्चा प्रेम पाउने, विवाह बन्धनमा बाधिने र जीवनमा रोमान्स रहनेछ । कुन कुन राशी हुन् त ती ?

मेष राशी
मेष राशिका जातक सिंगल छन् र प्रेमको खोजीमा छन् भने सन् २०२१ को बर्षमा उनले विशेष मानिस भेट्ने संभावना प्रबल छ । यो बर्षमा प्रेममय जीवन बिताउने उत्तम समय रहेको छ । विवाहितले सुखद् दाम्पत्य जीवन बिताउने छन् । सम्बनध जोडिएकाहरुको पनि यो बर्ष सुमधुर जीवन रहनेछ । तथापी पार्टनरसंग नकारात्मकता कुरा गर्नबाट बच्नुहोस् ।

वृष राशी
वृष राशीका जातककालागी सन् २०२१ को वर्ष सम्बन्धमा प्रेम र उत्साह लिएर आएको छ । सिंगलको जीवनमा खास व्यक्तिको आवागमन हुने संभावना प्रबल छ । यस बर्ष विपरीत लिङ्गी नयाँ साथी बन्ने र पछि उहि जीवनसाथी बन्ने संभावना छ । तसर्थ जीवनमा आएका नयाँ व्यक्तिलाई नजरअन्दाज नगर्नुहोला ।

मिथुन राशी
मिथुन राशीका जातककालागी सन् २०२१ को वर्ष अत्यन्त शुभ रहेको छ । सिंगल रहेका जातकको जीवनमा प्रेम प्राप्तीको योग छ । यस राशीका जातकले आफ्नो पार्टनरलाई अत्यन्त धेरै खुसी दिने समय रहेको छ । यस बर्ष जीवनसाथीसंग खुलेर समय बिताउने समय रहेको छ । मिथुन राशिका विवाहयोग्य जातक विवाह बन्धनमा बाधिने संभावना छ ।

कन्या राशी
पहिलेबाटै सम्बन्धमा रहेका कन्या राशीका जातककालागी प्रेम प्रस्ताव गर्ने उचित समय छ । यो समय मन परेको मानिसलाई गरेको प्रस्तावको सकारात्मक जवाफ आउन सक्छ । सिंगलकालागी नयाँ व्यक्तिको आवागमनले जीवनमा नयाँ रंग थप्ने संभावना छ । साथै विवाहकालागी पहल थालेमा यो वर्ष विवाह हुनसक्छ ।

वृश्चिक राशी
वृश्चिक राशीका जातकलाई सन् २०२१ को वर्ष आफू अनुकूल रहनेछ । शुक्र र बृहस्पतिको प्रभावका कारण नयाँ प्रेम पाउन मद्दत पुग्नेछ । पहलेबाटै सम्बन्धमा रहेकाहरुले मन परेको मानिसबाट प्रेम प्रस्ताव पाउन सक्नेछन् । बृहस्पति गोचरका साथै यस राशीका जातककालागी सबै समस्या तथा कष्ट निवारण हुने उत्तम समय छ ।

मकर राशी
मकर राशीका सिंगल जातककालागी उपयुक्त साथी खोज्न सन् २०२१ को वर्ष उत्तम रहनेछ । यस वर्ष भेटिएको नयाँ व्यक्तिले मनमा डेरा जमाउन सक्नेछ । पुराना साथी वा कार्यालयका सहयोगीसंग प्रेम हुन सक्नेछ । यो वर्ष मकर राशीका जातकले आफ्नो प्रेम जीवनमा अद्भुत अनुभव पाउनेछन् ।

कुम्भ राशी
सन् २०२१ को अप्रिल २० पछि कुम्भ राशीका सिंगल जातककालागी शुभ रहनेछ । यो वर्ष आफ्नो इच्छा अनुसारको प्रेमी प्रेमिका वा जीवनसाथी भेटिनेछ । यहि कारणले यस राशीका जातकको भाग्यमा वृद्धि समेत हुनेछ । आगामी महिना अप्रिल, मे, अगस्ट, सेटेम्बर र डिसेम्बरमा विवाह हुने संभावना र विवाह बन्धनमा बाधिन उपयुक्त समय रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ४४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा