कोरोना कहर : बितेको २४ घण्टामा ८ हजार ८३३ को मृत्यु « Khabarhub

कोरोना कहर : बितेको २४ घण्टामा ८ हजार ८३३ को मृत्यु


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ८३३ जना संक्रमितले ज्यान गुमाएका छन्।

सोमबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको छ।

हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ ।

कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९६ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३९ लाख ३६ हजार ७२५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८३ हजार २७५ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ७९२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख तीन हजार १४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार १९८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३३ हजार २०४, बेलायतमा ८१ हजार ४३१, इटलीमा ७८ हजार ७५५, फ्रान्समा ६७ हजार ७५०, स्पेनमा ५१ हजार ८७४, इरानमा ५६ हजार १७१, अर्जेन्टिनामा ४४ हजार ४९५, कोलम्बियामा ४६ हजार ११४ तथा रसियामा ६१ हजार ८३७ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ११ बजे

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ