मुलुकको राजनीतिक अवस्था समीक्षा गर्न ढिला भइसक्यो – पूर्वराजा ज्ञानेन्द्र « Khabarhub

मुलुकको राजनीतिक अवस्था समीक्षा गर्न ढिला भइसक्यो – पूर्वराजा ज्ञानेन्द्र


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

पूर्वराजा शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन्। बरु, आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको उनको भनाइ छ।

पृथ्वीजयन्तीको अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले मुलुकले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहितअनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ ।’

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ। राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन्।

देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ। ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्। हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ।’

जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ४१ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई