आर्थिक अवस्था अनुसारका लागुऔषध | Khabarhub Khabarhub

आर्थिक अवस्था अनुसारका लागुऔषध



झापा– महङ्गो मानिने लागुऔषध ब्राउन सुगरको कारोबार झापामा उच्च देखिएको छ ।

निक्कै महङ्गो पर्ने यस्तो लागुऔषध आर्थिक रुपमा बलियाहरुले प्रयोग गर्ने गरेका छन् भने आर्थिक अवस्था कमजोर भएकाहरुले गाँजा जस्तो परम्परागत लागुऔषध प्रयोग गर्ने गरेको पाईन्छ ।

पूर्वमा भारतको पश्मि बंगाल र दक्षिणमा बिहारसँग सिमाना जोडिएको झापामा यसरी महङ्गो लागुऔषधको समेत कारोबार बढ्नलाई प्रहरीले मुख्य कारण खुल्ला सिमानालाई देखाउने गरेको छ ।

विभिन्न नाकाबाट प्रहरीले दिनहुँजसो कारोवारमा संलग्न र लागुऔषध नियन्त्रणका लिने गरेको भए पनि कारोवार नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वर्षको पुष ९ बाट यसवर्षको पुष २६ सम्ममा लागुऔषधका १३२ मुद्धा दर्ता भएका छन् ।

ती कारोवारमा संलग्न २ सय ४७ जना पक्राउ समेत परेका छन् । यस अवधीमा प्रहरीले १५१२ ग्राम १८५ मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन् । यिसँगै अन्य बरामद लागुऔषधको मात्रा पनि ठुलो छ ।

आधा दमकमै कारोवार
झापामा प्रहरीले बरामद गरेको ब्राउन सुगर मध्ये आधा त दमक क्षेत्रबाटमात्रै बरामद गरिएको हो । यसले झापाको पश्चिमी क्षेत्रमा लागुऔषधको कारोवार उच्च हुने गरेको देखाएको छ । प्रहरीले १५ महिनाको अवधीमा ५२ जनालाई लागुऔषधको कारोवारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार यस अवधीमा प्रहरीले २० केजी ६४५ ग्राम गाँजा समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् । यस्तै उच्च मुल्य रहने भनिएको ब्राउन सुगर समेत ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।

यसै अवधीमा ७ सय ६९ ग्राम ७ सय ७२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाई छ । जबकि, सिंगो झापामा पुष ९ बाट यसवर्षको पुष २६ सम्ममा १५१२ ग्राम १८५ मिलिग्राम ब्राउन सुगर पनि बरामद भएको छ । ब्राउन सुगरसँगै दमक प्रहरीले डाईजेपाम, लुपिसेजीक, फेनारगन जस्ता ट्याव्बलेट लागुऔषध पनि ३ सय २६ सेट बरामद गरेको छ ।

महिला कारोबारी बढ्दै

पुष दोस्रो साता प्रहरीले पूर्वी नाका काकडभिट्टामा पर्ने मेचीनगर–६ बाट प्रहरीले ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गर्‍यो । २८ ग्राम ब्राउन सुगरसहित ३१ वर्षिया हेमा गणेश पक्राउ परेकी थिईन् । तर पक्रउ पर्नेमा उनी एक्लि महिला होईनन् ।

पछिल्लो समय लागुऔषधको कारोबार र ओसार पसारमा महिलाको संलग्नत पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । १५ महिनाको अवधीमा दमकबाट प्रक्राउ परेका ५२ लागुऔषध कारोबारी मध्ये ६ जना महिला छन् ।

यस्तै जिल्ला भरिबाट २ सय २६ जना पुरुष पक्राउ पर्दा ११ महिला पनि समातिएका छन् । ति मध्ये ६ जना दमकबाट पक्राउ परेका हुन् ।

जति पैसा, त्यस्तै लागुऔषध
अबैध रुपमा हुने लागुऔषधको कारोबारमा विभिन्न स्वरुपका लागुऔषधहरुको कारोबार हुने गरेको पाईएको छ । आर्थिक रुपमा सम्पन्नहरुले ब्राउन सुगर जस्तो महङ्गो लागुऔषध प्रयोग गर्ने गरेका छन् भने आर्थिक रुपमा कमजोरहरुले गाँजाको प्रयोग गरेको देखिन्छ । यस्तै मध्यम आर्थिक अवस्थाकाहरु नाईट्रोजन, लुपिजेसीक, फेनारगन जस्ता ट्याब्लेटहरुले आफ्नो कुलतको तल तल मेटाउने गरेको पाईएको हो ।

झापामा परम्परागत लागुऔषधहरु गाँजा तथा अफिमको कारोबार पनि उच्च छ । प्रहरीले २१ केजी गाँजा तथा एक केजी ५ सय ग्राम अफिम एक वर्षमा बरामद गरेको छ । यिसँगै अन्य रसायनीक लागुऔषध तथा ट्याब्लेटहरुको अबैध कारोबार पनि झापामा उच्च देखिन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ४५ बजे

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा