मन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर « Khabarhub

मन्त्री रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ ।

नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएको थियो ।

प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए ।

कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अगाडि कालोझण्डा र ब्यानर टाँगेका थिए । सडक छेउमा टाँगिएको ब्यानरमा नेकपा जिल्ला समिति नवलपुर लेखिएको थियो ।

थप तस्वीर हेर्नुहोस्

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ५६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र