कंगोमा सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही « Khabarhub

कंगोमा सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले कंगोमा जवानमाथि कुटपिटमा संलग्न अधिकृतलाई कारबाही गरेको छ ।

सैनिक अदालतले ९ जना सेनाका अधिकारीहरुलाई कारबाही गरेको छ । त्यसमा तीन जना अधिकृत रहेका छन् भने ६ जना अन्य दर्जाका रहेको सैनिक स्रोतले जानकारी दियो ।

तल्लो दर्जाका सैनिक अधिकृतहरुलाई कुटपिट गर्ने तीन जना सैनिक अधिकृतहरुलाई एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ ।

गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको थियो ।

त्यस्तै नेपाली सेनाबाट जारी गरिएको मिडिया नीति विपरित कार्य गर्ने र अरुलाई पनि भड्काउन प्रयास गर्ने एक जना सैनिकलाई ६ महिना कैदसहित भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय भएको छ ।

साथै सेनाको मिडिया नीति तथा सामाजिक सञ्जाल सम्बन्धी नीति र आचार संहिता विपरित कार्य गर्ने दुई जनालाई दुई वर्ष बढुवा रोक्का, एक जनालाई एक वर्ष बढुवा रोक्का र अर्को जनालाई पनि नसिहत दिइएको छ ।

मादक पदार्थ सेवन गरेर आफू भन्दा माथिल्लो अधिकृतले सुव्यवस्था कायम गर्न दिएको आदेशको अवज्ञा गर्ने एक जनालाई नसिहत दिइएको छ ।

कंगोमा भएको घटनापछि नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलले एक विज्ञप्ति जारी गर्दै सैनिक आचारसंहिता अवज्ञा गर्नेलाई कारबाही गर्ने बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ०० बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि