निर्वाचन प्रकिया रोक्न नेकपा ‘दाहाल-नेपाल’ समूहको माग (भिडियोसहित) « Khabarhub

निर्वाचन प्रकिया रोक्न नेकपा ‘दाहाल-नेपाल’ समूहको माग (भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल  निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल-नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।

हेरौँ भिडियो

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो ।

निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १ : १४ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म