राप्रपाको जुलुसमा सरकारी हस्तक्षेप निन्दनीय : कांग्रेस प्रवक्ता शर्मा « Khabarhub

राप्रपाको जुलुसमा सरकारी हस्तक्षेप निन्दनीय : कांग्रेस प्रवक्ता शर्मा


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेमा आपत्ति जनाएका छन् ।

शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको विषयमा उनले आक्रोश पोखेका हुन ।

उनले पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ । स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् ?”

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र