दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन | Khabarhub Khabarhub

दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो ।

नेकपाको संसदीय दलको विधान ०७६ बमोजिम तीन महिनाका लागि उनीहरुलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

दाहाल–नेपाल समूहले उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । निलम्बन गरिएका आठैजनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको सो समूहले जानकारी दिएको छ ।

यसअघि दाहाल–नेपाल समूहले पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो । त्यसपछिका बैठकमा उपस्थित नभएको र स्पष्टीकरण माग गर्दा नदिएकाले उनीहरुलाई निलम्बन गरिएको सो समूहले बताएको छ ।

दाहाल–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारीले माघ ७ गते प्रदेशसभाको हिउँदे तथा सातौं अधिवेशन आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : १२ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल