आगलागीबाट पीडित निरुतालाई युथ कांग्रेसद्वारा ४० हजार सहयोग « Khabarhub

आगलागीबाट पीडित निरुतालाई युथ कांग्रेसद्वारा ४० हजार सहयोग


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युथ कांग्रेस नेपालले आगलागीबाट पीडित कैलालीकी निरुता भन्डारालाई आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट खुट्टा गुमाएकी उनको  कृत्रिम खुट्टा हाल्न यूथ कांग्रेसको संयोजकत्वमा संकलित ४० हजार रुपैयाँ सहयोग गरिएको हो ।

यूथ कांग्रेस नेपालका संयोजक, जिल्ला संयोजक र केन्द्रीय सदस्यहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।

यस अभियानमा साथ दिँदै उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौँला रु १०,०००, युथ कांग्रेस नेपाल- अमेरिका संयाेजक सुरेश दर्पण पाेखरेलले रु १०,००५, केन्द्रीय सदस्य डा. रितेश थापाले रु ५,००० सहयोग गरेको युथ कांग्रेसले जनाएको छ ।

सबैबाट संकलन गरिएको उक्त सहयोग रकम निरुतालाई हस्तान्तरण गरेको युथ कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ४५ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना