टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार « Khabarhub

टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यादी ज्वरो अर्थात टाइफाइड एक प्रकारको ज्वरो हो । प्राय : गर्मीमा हुने भनिए पनि चिसो मौसममा टाइफाइड हुँदै नहुने हैन । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ ।

टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गर्दछन् ।

घरेलु उपचार
१. तुलसी र मरिच
टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर नियमित पिउने ।

२. गाजर
टाइफाइडको रोगमा गाजरको रसको सेवन पनि लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि टाइफाइडमा फाइदा पुग्छ ।

३. लसुन
टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको २/४ पोटी भुटेर खाली पेटमा खाएमा यसले लाभ दिन्छ ।

४. मह
टाइफाइटबाट बच्ने अर्को घरेलु सामाग्रीमा मह पनि एक हो । एक कप तातो पानीमा दुई चम्चा मह मिसाएर पिएमा टाइफाइडमा लाभ पुग्दछ ।

५. पुदिना
पुदिनाको सेवनले ज्वरो ठिक हुन्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिएमा चाँडै लाभ पुग्दछ ।

टाइफाइड लागेर उपचार गर्नुभन्दा सकेसम्म रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । साथै फोहोर एवम् दुषित पानीको सेवनबाट बच्नु पर्दछ । त्यस्तो पानीको प्रयोग गरेका फलफूल, सब्जी पनि सेवन गर्नु हुँदैन । साथै बाहिर पाइने खानेकुरा खानबाट बच्नु पर्दछ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ४५ बजे

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका