कतारमा कोरोना संक्रमण नियन्त्रण गर्न झन् कडाइ « Khabarhub

कतारमा कोरोना संक्रमण नियन्त्रण गर्न झन् कडाइ

नियम उल्लंघन गर्नेलाई २ लाख रियाल जरिवाना र तीन वर्ष कैद



दोहा– कतारमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । आइतबार ४०८ जनालाई संक्रमण पुष्टि भएको थियो । सोमबार ४२७ जनामा संक्रमण देखियो ।

कतारमा हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ५४ हजार ५२५ जना पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १२३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म कतारमा कोराना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४७ हजार ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले ७ हजार २४१ वटा ‘एक्टिभ’ केस छन् । तीमध्ये ६३ जनाको विशेष उपचार भइरहेको छ । कतारमा संक्रमितको संख्याको तुलनामा मृत्युदर भने न्युन छ ।

हालसम्म कतारमा कोरोना संक्रमणबाट २५३ जनाको ज्यान गुमेको छ । तीमध्ये १८ जना नेपालीले पनि कोरोना करण ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले संक्रमितको राष्ट्रियताबारे खुलाउने गरेको छैन । दोहास्थित नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै भरपर्दो तथ्यांक पनि छैन ।

कतारमा अहिले ३ लाख ५१ हजार ८७२ जना नेपालीले रोजगारी गर्दै आएको सरकारी तथ्यांक छ तर करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

संक्रमण नियन्त्रण गर्न कडाइ

कतार सरकारको संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रण गर्न यही फेब्रुअरी ४ देखि थप कडा नियम लागू गरेको छ । घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, घरभित्र वा बन्द स्थानमा ५ जना र खुला स्थानमा १५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाउने लगायतका नियम लागु गरेको छ ।

सार्वजनिक पार्क, सार्वजनिक तट, कर्निस लगायत अन्य जुनसुकै सार्वजनिक तथा सामाजिक जमघट हुने ठाउँहरूमा १५ जनाभन्दा बढी भेला हुन पाइने छैन । निजी सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न पाइनेछैन ।

कोरोना नियन्त्रण सम्बन्धी नियम उल्लंघन गर्नेलाई दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन सक्ने नियम छ । नेपाली दूतावासले सरकारी नियम पालना गर्न र संक्रमणबाट बच्न कतारमा कार्यरत नेपालीहरूलाई आग्रह गरेको छ ।

दूतावासबाट प्रदान गरिने सेवाहरूमध्ये आफैँ उपस्थित भएर लिनु पर्ने सेवाबाहेक अन्य जानकारी फोनबाट लिन सकिने नेपाली दूतावासले जनाएको छ । दूतावासको वेबसाइट र फेसबुक पेजमा समेत नियमित सूचनाहरू प्रवाह गरिने जनाइएको छ ।

८ हजार नेपालीलाई राहत

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार कतारमा रहेका नेपालीहरूका समस्या समाधानका निम्ति कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा कतार च्यारिटी मार्फत ८ हजार ४२३ जना नेपालीले राहत पाएका छन् ।

साथै यहाँ रहेका ३३ नेपाली परिवारलाई कतार च्यारिटीमार्फत खाद्य सामग्री पनि सहयोग गरिएको उनले बताए ।

५५ जनालाई हवाई टिकट

गैरआवासीय नेपाली संघ कतारले हवाई टिकट किन्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने अवस्थामा रहेका ५५ जना नेपाली श्रमिकलाई नेपाल फर्किन निःशुल्क हवाई टिकट सहयोग गरेको छ ।

कोरोनाका कारणले रोजगारी गुमाएपछि नेपाल फर्किन हवाई भाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरूका लागि दूतावासको संरक्षकत्व र सहयोगमा गैरआवासीय नेपाली संघ र नेपाली व्यवसायी संघ कतारले पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराएको अध्यक्ष मुसलमानले बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज