म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध « Khabarhub

म्यानमारका सैनिक नेताहरूमाथि अमेरिकाको प्रतिबन्ध


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कु’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

तस्वीर : एएनआई

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित रहेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साताभित्र गरिसक्ने पनि बाइडनले बताएका छन्।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चाल्न लागिएको जनाइएको छ ।

‘कु’ पछि म्यानमारमा सैनिक सत्ताविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । तर, प्रदर्शनकारीलाई सैनिकले दमन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरिरहेका छन् ।

तस्वीर : ईपीए

मंगलबार गोली लागेर घाइते भएकी एक महिलाको राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ ।

म्यानमारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्।

नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : ४५ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा