प्रशान्त महासागरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी « Khabarhub

प्रशान्त महासागरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि वैज्ञानिकहरूले सुनामीको चेतावनी दिएका छन् ।

लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो ।

भूकम्पपछि अष्ट्रेलियाको मौसम एजेन्सीले सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भानुआटु र फिजीमा सुनामी आउने चेतावनी दिएको छ ।

भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।भूकम्पले के कति क्षति भयो भन्ने विवरणहरू अहिलेसम्म आएका छैनन् ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : ३० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका