तेस्रो विवाहपछि खुसी यी बलिउड कलाकार « Khabarhub

तेस्रो विवाहपछि खुसी यी बलिउड कलाकार


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा यस्ता केही अभिनेता छन्, जसको नाम कैयौं अभिनेत्रीहरुसँग जोडिए । उनीहरुले प्रेम विवाह गरे पनि सफल हुन सकेन । तर त्यही बलिउडमा यस्ता केही कलाकार छन्, जसले सच्चा जीवन साथी पाउन वर्षौ पर्खनुपर्यो । श्रीमतिको साँचो माया पाउन उनीहरुले तीन–तीनवटा विवाह नै गर्नुपर्यो ।

बलिउडका ‘बाबा’का रुपमा परिचित अभिनेता सञ्जय दत्तले सन् १९९६ मा अभिनेत्री बन्न आएकी कलाकार ऋचा शर्मासँग विवाह गरे । विवाहको केही वर्ष पछि ऋचाको क्यान्सरका कारण निधन भयो । त्यसपछि सञ्जय दत्तले रिया पिल्लईसँग विवाह गरे । रियासँग उनको केही वर्षमा सम्बन्धविच्छेद नै भयो । अन्ततः उनले सञ्जयको नजरमा मान्यता परिन् र उनै मान्यतालाई जीवनसाथी बनाए । सञ्जय अहिले मान्यतासँग खुशी र सुखी जीवन बिताइरहेका छन् ।

अभिनेता करण सिंह ग्रोवरले सन् २००८ मा सुन्दरी श्रद्धा निगमसँग विवाह गरे । तर, विवाहको केही महिनापछि नै दुवै अलग्गिए । श्रद्धा पछि करण जेनिफर विंगेटको प्रेममा परे । सन् २०१२ मा विवाह गरेको यो जोडीको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । जेनिफरसँग सम्बन्धविच्छेद पछि करणले अभिनेत्री विपाशा बसुसँग लगनगाँठो कसे ।

दक्षिण भारतीय फिल्मका अभिनेता कमल हासनले सन् १९७८ मा शास्त्रीय गायिका वाणी गणपतिसँग विवाह गरे । उनीहरुको वैवाहिक सम्बन्ध १० वर्षसम्म रह्यो । त्यसपछि कमलले सुन्दरी सारिकासँग विवाह गरे । सारिकासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि कमलले गौतमीसँग लिभ–इन–रिलेसनमा बस्न थाले । कमल र गौतमीले आधिकारिक रुपमा कहिल्यै विवाहको घोषणा गरेनन् । तर उनीहरु निकट फिल्मकर्मीहरु भने उनीहरुको विवाह भइसकेको दाबी गर्छन् ।

बलिउड अभिनेत्री निलीमा अजीमले पनि तीनपटक विवाह गरिन् । उनको पहिलो विवाह पंकज कपूरसँग भएको थियो । पंकजसँगको सम्बन्ध सकिएपछि निलीमाले राजेश खट्टरका साथ विवाह गरिन् । तर यो विवाह पनि लामो समय रहेन । त्यसपछि उनले सन् २००४ मा उस्ताद रजा अली खानसँग विवाह गरिन् । निलीमा बलिउड अभिनेता शाहिद कपूर र इशान खट्टरकी आमा हुन् ।

बलिउडको निर्माता सिद्धार्थ रोय कपूरले पनि तीन विवाह गरेका छन् । उनले पहिलोपटक आफ्नो बाल्यकालको साथीसँग विवाह गरे । त्यसपछि उनले दोस्रो विवाह एक टेलिभिजन निर्मातासँग गरे । यी दुई विवाह असफल भएपछि उनको तेस्रो विवाह विद्या वालनसँग भयो । उनी तेस्रो विवाह पछि खुशी जीवन बिताइरहेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : २२ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.