प्रहरी पक्राउ गर्न आएपछि झाँक्रीको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिको अन्त्यको दिन आएछ « Khabarhub

प्रहरी पक्राउ गर्न आएपछि झाँक्रीको टिप्पणी : प्रधानमन्त्री र राष्ट्रपतिको अन्त्यको दिन आएछ


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्।

आफूलाई पक्राउ गर्न शंखमुलस्थित घरमै अपराध महाशाखाको टोली आइपुगेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध फेरि कडा टिप्पणी गरिन् ।

उनले भनिन्, ‘तपाईंहरुलाई थाहै छ नि ! राष्ट्रपतिको भूमिकाप्रति कोही पनि सन्तुष्ट छैनन्। कानुनले नगर्नु भनेका बाहेक सबै काम गर्नुभएको छ उहाँले । हामी गणतान्त्रिक व्यवस्थाको पक्षमा छौँ । राजतन्त्रकालिन भद्दा अभ्यास गर्न लाग्दा मैले बोलेकी हुँ, बोलिरहन्छु।’

उनले भनिन्, ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे । त्यसैको परिणाम हो अहिलेको घटना । युरोप अमेरिकाका राष्ट्रप्रमुखहरुको पनि त्यो खालको वैभव छैन। प्रधानमन्त्रीको एसिस्टेन्ट या मतियारका रुपमा राष्ट्रपतिले भूमिका खेलिन्। त्यही भएर विरोधमा उत्रिनुपरेको हो।’

झाँक्रीले ओली र भण्डारीको प्वाँख पलाएको बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर त हामी सडकमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मुद्दा बनाइयो।’

आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसिएको जस्तो लागेको झाँक्रीले बताइन्।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ५८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा