रिहानाले बन्द गरिन् फेन्टी « Khabarhub

रिहानाले बन्द गरिन् फेन्टी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– विलासी सामान समूह एलभीएमएच र गायिका रिहानाले आफ्नो फेन्टी फेसन लेभललाई बन्द गर्ने सहमति गरेका छन् । झन्डै दुई वर्षदेखि फेसनसँग सम्बन्धित सामाग्री उत्पादन गर्दै आएको फेन्टी फेसनलाई अब निरन्तरता नदिनेमा दुवै पक्ष सहमत भएका हुन् । यद्यपि सेभेगेज एक्स फेन्टीसँगै फेन्टी ब्यूटी र फेन्टी स्किनलाई भने उनीहरुले निरन्तरता दिने भएका छन् ।

एलभीएमएचले फेन्टीका तयारी पहिरनलाई भने अहिले ‘होल्ड’ मै राखेर राम्रो अवस्थामा मात्र बिक्री गर्ने बताएको छ । फेसन विश्लेषकहरु रिहानाको धेरै फ्यान भए पनि फेन्टी लेभलको मूल्य अधिक महंगो रहेको दाबी गर्छन् । तर एलभीएमएच र रिहानाले फेन्टी पर्यावरणलाई दीर्घकालिन रुपमा अगाडि बढाउन आफूहरु एकाग्र भएको जनाएका छन् ।

रिहानाले सन् २०१९ देखि फेन्टी ब्राण्डलाई सञ्चालनमा ल्याएकी हुन् । तर ब्राण्डको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा फेन्टी ब्राण्ड सुरु भएदेखि कुनै पनि पोस्ट गरिएको छैन । गत वर्षको नोभेम्बरदेखि फेन्टीमा नयाँ पहिरन के आएका छन् भन्ने जानकारी उनले कसैलाई दिएकी छैनन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : ०५ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’