रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि कलर रिसर्च ल्याबको स्थापना « Khabarhub

रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि कलर रिसर्च ल्याबको स्थापना


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले चचियाङ विश्व बिद्यालयका साथमा ओपो-चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ ।

ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासकालागि टेवा पुर्‍याउनु हो ।

प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्व विद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी र्‍याकिंङ अनुसार यो ५३औँ स्थानमा छ ।

संयुक्त अनुसन्धान परियोजनाअन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ ।

ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिज्यूअलफञ्शन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ ।

ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरिय रंग ब्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिवकलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।

ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भुमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाका तयार पारेको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरु मार्फत विलक्षण प्रतिभा भएका ईञ्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई ब्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ ।

‘बर्षौँको नवप्रबर्तनका कारण ओपोसंग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजी अन्तर्गत फुल-पाथकलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तर दृष्टि छ’, ओपोका डिरेक्टर अफ फोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामी निकै उत्साहित छौँ ।’

‘कलर र ईमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विस्वस्त छौँ । साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिस्तकलर क्वालिटीका उपलब्ध गराउन पनि उल्लेख्य सहयोग मिल्नेछ’, चचियाङ युनिभर्सिटीको कलर एण्ड ईमेजिङ साईन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने ।

कलर एण्ड ईमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओपोको अन्वेषणको निकै लामो ईतिहास छ । कम्पनीले भरखरै ओपो ईन्नो डे २०२० मा ओपो फुल-पाथकलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ ।

सत् प्रतिशत डीसीआई-पीथ्री वाइड गामुट र १०-बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोल्यूशन, ओपो फुलपाथकलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो ब्यवसायिक उपस्थिती यही बर्षको पहिलो क्वार्टरमा ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्रीमार्फत जनाउने छ । नयाँकलर रिसर्च ल्याबले कलर र ईमेजिङ ईन्नोभेशनका क्षेत्रमा ओपोको स्थानलाई अझमाथी पुर्‍याउने विश्वास लिइएको छ ।

प्राविधिक विकासले प्रत्येक ब्यक्तिलाई फाइदा पुग्नु पर्ने ओपोको मान्यता रहँदै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारसँग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड ईमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जानेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : ५४ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,