जसले आफ्नो बाचा पूरा गरेनन् « Khabarhub

जसले आफ्नो बाचा पूरा गरेनन्


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– विश्व अहिले भ्यालेन्टाइन सप्ताहमा छ । यो सप्ताह अन्तर्गत आज फेब्रुअरी ११ अर्थात प्रमिस डे हो । यो दिन जोकोही प्रेम जोडीले एकअर्काका लागि बाचा गर्छन् । तर बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफूले गरेको बाचालाई कहिल्यै पुरा गर्न सकेनन् । यो सूचीमा सलमान खान, करिना कपूरदेखि कंगना रनावतसम्म छन् ।

अभिनेता अक्षय कुमार र अभिनेत्री शिल्पा सेठ्ठीको सम्बन्धका बारे जोकोही जानकार छन् । यो जोडीको सम्बन्ध पतिपत्नीको रुपमा रुपान्तरण हुने अन्तिम अवस्थामा थियो । तर अक्षयले अन्तिम समयमा आएर शिल्पाको साथ छोडे । शिल्पाले एक अन्तरवार्तामा अक्षयको गोप्य कुराहरु खोलेकी थिइन् । उनका अनुसार अक्षय आफ्ना हरेक प्रेमिकालाई सिद्धिविनायक मन्दिर लगेर विवाह गर्ने बाचा गर्थे । तर उनको जीवनमा अरु कोही नयाँ युवती आउनासाथ पुरानो बाचा बिर्सन्थे ।

कुनै समय बलिउडमा अभिनेता अक्षय कुमार र अभिनेत्री प्रियंका चोपडाको जोडी निकै लोकप्रिय थियो । यसको असर अभिनेता अक्षय र उनकी पत्नी ट्विंकल खन्नाको सम्बन्धमा पर्यो । यो सम्बन्धलाई बचाउनका लागि अक्षयले ट्विंकलसँग प्रियंकासँग कुनै सम्बन्ध नराख्ने बाचा गरेका थिए । ६ वर्षसम्म अक्षयसम्म प्रियंकालाई हेर्दा पनि हेरेनन् । त्यसपछि भने सन् २००९ मा अक्षय बान्द्राको एक होटलमा प्रियंकासँग गफिएको अवस्थामा भेटिए ।

अभिनेता सैफ अली खानसँग विवाह गरेपछि अभिनेत्री करीना कपूरले कुनै पनि फिल्ममा चुम्बन दृश्य नदिने बाचा गरेकी थिइन् । यद्यपि फिल्म ‘की एण्ड का’का लागि करीनाले सैफसँगको बाचा तोडिन् । यो फिल्ममा करीनाले अभिनेता अर्जुन कपूरसँग चुम्बन दृश्य दिइन् ।

कालो हिरण मामलामा मुछिएका अभिनेता सलमान खानलाई सन् २०८ मा जोधपुर सीजीएम कोर्टले ५ वर्षको जेल सजाय सुनायो । यसपछि सलमानले दुई रात जेलमा बिताए । यही क्रममा सलमानले जेलका एक कैदी महेशसँग उनको ४० हजार जमानत रकम आफूले दिने बाचा गरेका थिए । तर जेलबाहिर आएपछि सलमानले त्यो बाचा कहिल्यै पुरा गरेनन् । यिनै सलमानले टेलिभिजन अभिनेत्री हुँदै निर्माता बनेकी दीपशिखालाई आफूले पहिलो फिल्म बनाउँदा उनलाई केमियो भूमिका दिने बाचा गरेका थिए । जसै दीपशिखाले फिल्मको तयारी गरिन्, सलमानले समय अभावको कारण देखाउदै बाचाबाट पछि हटे ।

अभिनेता सुशान्त सिंह राजपूतले अंकिता लोखण्डेसँग विवाह गर्ने बाचा गरेका थिए । तर उनी आफ्नो वाचामा अडिग रहेनन् । उनले कृति सेननका लागि अंकिताको साथ छोडे ।

अभिनेता रितेश देशमुखले ‘क्या कूल है हम’ र ‘ग्राण्ड मस्ती’ जस्ता सेक्स कमेडी फिल्ममा काम गरे । रितेशले ‘ग्राण्ड मस्ती’पछि सेक्स कमेडी फिल्ममा काम नगर्ने बाचा गरेका थिए । तर उनले इन्द्रकुमारको फिल्म ‘ग्रेट ग्राण्ड मस्ती’मा साइन गरे र आफ्नो बाचा तोडे ।

बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले कपिल शर्माको वैवाहिक रिसेप्सनमा आउने बाचा गरेका थिए । तर उनले त्यो बाचा पुरा गरेनन् । अमिताभले ‘केबीसी १०’को एक एपिसोडमा कपिलसँग उनले यो बाचा गरेका थिए, तर कुनै कारणले उनी जान पाएनन् ।

अभिनेत्री कंगना रनावतले आफ्नी आमासँग गाईको मासु नखाने बाचा गरेकी थिइन् । तर उनले आमासँगको बाचालाई तोड्दै गाईकै मासु खाइन् ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ३ : १० बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी