झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेसको माग « Khabarhub

झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेसको माग


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको तत्काल रिहाइ गर्न माग गरेका हुन ।

‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्।

‘एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ४७ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको