पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी « Khabarhub

पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भएको छ ।

अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय पनि भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताउनुभयो ।

पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूकाे लगानीका लागि आईपीओ जारी गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ३० बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको