विराटनगरमा फागुन ८ गते ओली पक्षले प्रदेशस्तरीय जनसभा गर्ने « Khabarhub

विराटनगरमा फागुन ८ गते ओली पक्षले प्रदेशस्तरीय जनसभा गर्ने


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताए ।

उनले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताए ।

प्रेस सङ्गठन नेपालका इञ्चार्ज गौतमले फागुन ७ गते दिउँसो युवा/विद्यार्थीको मार्चपास र प्रेस सङ्गठन नेपालको प्रदेशस्तरीय भेलाको पनि आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतले सम्बोधन गर्नेछन।

प्रदेश १ का १४ वटै जिल्लाबाट एक लाख ३६ हजार भन्दाबढीकोसहभागिता रहने मूल जनपरिचालन समितिका सचिव विनोद ढकालले जानकारी दिए ।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य तथा आन्तिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटीसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ३२ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको