गायक श्रेष्ठ एमएनटीभी अष्ट्रेलियाको अपरेशन म्यानेजर नियुक्त « Khabarhub

गायक श्रेष्ठ एमएनटीभी अष्ट्रेलियाको अपरेशन म्यानेजर नियुक्त


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- अष्ट्रेलियामा सन् २०१२ देखि सञ्चालनमा आएको माई नेपाल टेलिभिजन (एमएनटीभी) अष्ट्रेलियाको अपरेशन म्यानेजरमा चर्चित व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठ नियुक्त भएका छन् ।

गत जनवरी १ देखि लागू हुने गरी उनी अपरेसन म्यानेजरको रुपमा नियुक्त भएका हुन् । गायक श्रेष्ठ व्याण्ड कन्दराको ब्रान्ड एम्बेसडर, प्रवक्ता एवं लिड भोकलिष्ट हुन् । एक दशक भन्दा बढी बेलायतलाई कर्मक्षेत्र बनाएका गायक श्रेष्ठ विगत दुई वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

बेलायत रहँदा श्रेष्ठले त्यहाँको कोमेट ग्रुप लिमिटेडमा कम्पनीमा करिब १० वर्ष मानव संशाधन र व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए । यस्तै उनले आफ्नै नोन मिडिया एण्ड ईन्टरटेन्मेन्ट लिमिटेडमा प्रबन्ध निर्देशकको रुपमा पनि काम गरेका छन् ।

यस बाहेक स्कील्स एण्ड केयर युकेको संस्थापक निर्देशक, हेल्प नेपाल नेटवर्कको सदस्य र विभिन्न अन्य सामाजिक संस्थाहरुमा पनि उनले स्वयंसेवीको रुपमा आफ्नो क्रियाशीलता देखाएका छन् । विभिन्न निजि तथा सामाजिक कार्यहरुमा म्यानेजर र संस्थापकको भूमिकामा आफ्नो कुशलता देखाइसकेका श्रेष्ठको व्यवस्थापकीय पाटो पनि अब्बल रहेको छ ।

एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको हल अफ फेम सिजन २ का तीन निर्णायकमध्ये एक विवेकलाई एमएनटीभीको नयाँ जिम्मेवारीमा स्वागत गर्दै संस्थाका अध्यक्ष चन्द्र योन्जनले श्रेष्ठको आगमन एमएनटीभीको लागि पक्कैपनि फलदायी हुने बताएका छन् । त्यससँगै श्रेष्ठको लामोसमयको व्यवस्थापकीय अनुभवले संस्थालाई नयाँ उचाई दिर्दै सफलताको बाटोतिर लाने विश्वास व्यक्त गरेका छन् ।

एमएनटीभी अष्ट्रेलियाको उद्देश्य नै नेपालभित्र रहेका नेपाली र सिमाना बाहिर रहेका नेपालीहरुलाई भाषा, संस्कृति, गीत, संगीत र सूचनाको माध्यमबाट जोड्ने रहेको छ । एमएनटीभीले नेपाल व्यूरोको स्थापना गर्नुका साथै अष्ट्रेलियाका सबै राज्यहरु आफ्नो सञ्जाल विस्तार गरेको छ ।

यससँगै गायक श्रेष्ठ एमएनटीभीको परिवारसँग जोडिन पाउँदा आफूलाई खुशी लागेको र एमएनटीभीलाई एउटा नयाँ स्वरुपमा लान आफू तत्पर रहेको पनि बताएका छन् । उनले आफ्नो यो नयाँ कार्यमा सबैको साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन् ।

नेपाली संगीत आकाशमा छुट्टै पहिचान स्थापित गर्न सफल विवेक श्रेष्ठको हिउँ त हैन फापरेको डंगुर हंगकंग पोखरा, Lekaki Hey Maya (लेककी हे माया), तगारोमा रुमाल राखी | Tagaro ma Rumal Rakhi लगायतका गीत आम सर्वसाधारणले रुचाएका छन् ।

अझै पनि संगीत साधनामा तल्लीन श्रेष्ठले व्याण्डसँगै अमेरिका, बेलायत, बेल्जियम, फिनल्याण्ड, अष्ट्रेलिया, सिंगापुर, कोरिया, दुबई लगायत दुई दर्जनभन्दा बढी देशहरुमा कन्सर्ट दिइसकेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : २९ बजे

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी

लिबियामा अनियमित आप्रवासीको उद्धार

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु