झापाका बालबालिका पढाउदै ‘मिस युनिभर्स नेपाल’अंशिका « Khabarhub

झापाका बालबालिका पढाउदै ‘मिस युनिभर्स नेपाल’अंशिका


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० की ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले आफ्नो नाममा स्थापित अंशिका शिक्षा कल्याण फाउन्डेसनबाट झापाका १४ बालबालिकालाई पढाउने भएकी छन् ।

उनले ‘मिस युनिभर्स नेपाल–२०२०’ हुँदा पाएको १० लाख रुपैंयाँ पुरस्कारलाई ट्रस्टका रुपमा स्थापना गरेर बालबालिकामाझ खर्च गर्ने जनाएकी छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै फाउन्डेसनमार्फत झापाका १४ बालबालिकालाई विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालिकाको स्वास्थ्यसम्बन्धी औषधीजन्य सामग्रीलगायत सामग्री सेवा पुर्‍याउने खुलाएकी छन् ।

यसअघि अंशिका र उनका साथीहरू मिलेर जुम्लामा १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

झापा घर भएकी अंशिकाले प्रारम्भिक अवस्थामा फाउण्डेसनको कार्यक्षेत्र झापालाई नै बनाउने भएकी छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ३३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान