आइपीएल क्रिकेट : दिल्लीसँग चेन्नइ पराजित « Khabarhub

आइपीएल क्रिकेट : दिल्लीसँग चेन्नइ पराजित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ ।

शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले ८५ रन बनाउँदा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे ।

ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

रैनाको अर्धशतकीय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ०१ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध