यस्तो छ अमलाको औषधीय महत्व « Khabarhub

यस्तो छ अमलाको औषधीय महत्व


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमला एक बहुगुणी फल हो । यो सानो एवं ठूलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दान हुने अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो उष्ण एवं पहाडी भेगमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ ।

अमलाका विशेष गुणहरु

आयुर्वेदमा अमलालाई रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने, वात रोग हर्नसक्ने, मानसिक तथा शारीरिक शक्तिमा बृद्धि गराउने, खानामा रुचि, स्मरण शक्तिमा वृद्धि, कपाल बलियो, चम्किलो, लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरीरमा भएका विजातीय द्रव्य (दूषित तत्व) निकाल्न मद्दत गर्ने, कब्जियत हटाउने, रगत शुद्ध बनाउने, वीर्य शुद्ध पार्ने, आँखा तेजिलो पार्ने, दाँत बलियो गराउने, अति स्वस्थकर फलको रुपमा लिइएको छ र यसलाई पनि अमृत फलअन्तर्गत उल्लेख गरिएको छ ।

अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

अमलाका चिकित्सात्मक लाभहरु

— कब्जियत

— रगत बग्ने

— घाँटी दुख्ने

— पायरिया

— टाउको दुखेमा

— छाला कोमल र आकर्षक पार्ने

— भिटामिन ‘सी’ को कमी पूरा गर्न

— आँखाको रोग मोतिविन्दुमा

— आउँ, अपच, कब्जियत,

— अरुचि

— शरिरको गर्मीपना हटाउन

— श्वास गनाउनेमा

— कपालको चायाँ

— कपाल गर्नेमा

— डण्डीफो र अनुहारको चायामा

— आँखाको दृष्टिशक्ति बढाउन

— दाँत चम्किलो बनाउन । आदि ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : १३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा