जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने « Khabarhub

जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जापानी प्रधानमन्त्री योशीहिदा सुगा यसै महिनाको अन्त्यमा भारत र फिलिपिन्सको भ्रमण गर्ने भएका छन् ।

दक्षिण र पूर्वी चीनको समुद्रमा चीनको बढ्दो विबादका बीच स्वतन्त्र र खुला इण्डो–प्रशान्त क्षेत्रलाई बढावा दिन उक्त भ्रमण हुन लागेको बताइएको छ ।

जापानी प्रधानमन्त्री सुगाको भारत र फिलिपिन्सको भ्रमण पूर्वनिर्धारित अमेरिका भ्रमणपछि हुने सम्भावना रहेको जापानी संचार संस्था एनएचकेले जनाएको छ ।

जापानले एशिया–प्रशान्त क्षेत्रीय देशहरूसँग सुरक्षा सहयोग अभिवृद्धि गर्न कोशिस गरिरहेक बेला हाल दक्षिण र पूर्वी चीनको समुद्रमा चीनसंगको विबाद बढीरहेको छ ।

हालै २०० भन्दा बढी चिनियाँ जहाजहरूले फिलिपिन्सले पनि दाबी गरिरहेको दक्षिण चीन सागरमा पठाएपछि चीनको सम्बन्ध फिलिपिन्ससंग पनि बिग्रेको छ ।

एसिया–प्रशान्त क्षेत्रको दक्षिण चीन र पूर्वी चीन समुद्री क्षेत्रहरूमा चीनसंग ब्रुनाई, जापान, मलेसिया, फिलिपिन्स, ताइवान, र भियतनामसंग पनि बिबाद छ । स्रोतः याहु न्यूज ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ३० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको