नेपालमा चिनियाँ नागरिकको अवैध गतिविधि बढ्दो | Khabarhub Khabarhub

नेपालमा चिनियाँ नागरिकको अवैध गतिविधि बढ्दो


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आउने चिनियाँ नागरिको संख्या वर्षेनी बढेसँगै उनीहरू अवैध गतिविधिमा संलग्न हुने क्रम पनि बढेको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार नेपालमा गैरकानूनी रूपमा बस्ने चिनियाँ नागरिको संख्या हरेक वर्ष बढ्दै छ ।

नेपाल सरकारले सन् २०२० मा कानूनविपरीत काम गरेको आरोपमा २३३ जना चिनियाँलाई देश निकाला गरेको छ । यीमध्ये ४८ जना ‘ओभर स्टे’ (भिसाको म्याद सकिएर बसेको) मा परेका थिए । मानव तस्करीमा ३ जना, भिसाविना प्रवेश गरेका ८ जना र सुन तस्करीमा एक जना, राजस्व चुहावटमा एक जना, खोटा नोट चलनमा २ जना, जाली पासपोर्टमा एक जना र अन्य विभिन्न कसुरमा १६९ जनासहित १८५ देश निकाला भएका छन् ।

नेपाल सरकारले सात वर्षमा अवैधरूपमा नेपाल बसेका १ हजार ४६८ जना चिनियाँलाई देश निकाला गरेको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार अवैधरूपमा नेपाल बस्ने चिनियाँ नागरिकको संख्या बढ्दो क्रममा छ । सन् २०१४ मा ६२ जना र सन् २०१५ मा ८७ जना चिनियाँ ओभर स्टे का कारण निकालामा परेका थिए । सन् २०१६ मा यो संख्या १०९ पुगेको थियो ।

नेपाल सरकारले सन् २०१७ मा २१२ चिनियाँलाई ओभर स्टे मा देश निकाला गरेको थियो । सन् २०१८ मा ३५७ जना र सन् २०१९ मा ४१५ चिनियाँ ओभर स्टे का कारण निकाला भए ।

सन् २०१७ मा ४ जना, सन् २०१८ मा १७ जना र सन् २०१९ मा ६ चिनियाँमाथि विभिन्न कसुुरमा मुद्दा चलेको थियो । थुनामुक्त भएपछि उनीहरू पनि देश निकालामा परेका थिए ।

गैरपर्यटक चिनियाँको संख्या बढ्दो

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने चिनियाँ नागरिकको संख्या पनि वर्षेनी बढ्दो क्रममा छ ।

व्यावसायिक भिसामा आउने चिनियाँ नागरिकको संख्या सन् २०१७ मा १ हजार ५७९ जना र सन् २०१८ मा १ हजार ८२९ जना रहेको तथ्यांकले देखाएको छ । यही प्रकारको भिसामा नेपाल आउने चिनियाँको सन् २०१९ मा २ हजार ७१३ पुगेको थियो ।

सन् २०१७ मा १ हजार २९० जना चिनियाँले गैरपर्यटक भिसा लिएका थिए । सन् २०१८ मा यस्तो संख्या २ हजार ६१ र २०१९ मा २ हजार ५१३ पुगेको थियो ।

चिनियाँ पर्यटक पनि बढ्दै

नेपाल आउने चिनियाँ पर्यटकको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ । सन् २०१५ मा ६६ हजार ९८४ जना चिनियाँ पर्यटक आएकोमा सन् २०१६ मा २० प्रतिशतले बढेर ८० हजार ५५३ पुग्यो । यो संख्या ३० प्रतिशतले बढेर सन् २०१७ मा १ लाख ४ हजार ८२९ पुग्यो ।

यसैगरी यो संख्या झन्डै ३० प्रतिशतले बढेर सन् २०१८ मा १ लाख ३६ हजार १२२ पुग्यो । यो संख्या साढे २४ प्रतिशतले बढेर सन् २०१९ मा १ लाख ६९ हजार ५४३ पुग्यो ।

पाँच वर्षमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या १५३ प्रतिशतले बढेको देखिन्छ ।

अवैधानिकमा यस्तो छ सजायको प्रावधान

नेपालको कानून विपरीत काम गर्ने विदेशी नारिकलाई नेपाल सरकारले देश निकाला गर्न सक्छ । अध्यागमन ऐन, २०४९ अनुसार नेपाल सरकारले निष्कासन गरेको विदेशीले निस्कासन गरिएको अवधिसम्म नेपालभित्र पुनः प्रवेश गर्न पाउँदैन ।

ऐनको दफा १० को उपदफा (२) मा कसैले निष्काशन गरिएको विदेशी निष्काशन गरिएको अवधिमा पुनः प्रवेश गरेमा पहिलोपटक २५ हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुने प्रावधान ऐनमा छ ।

फेरि उल्लंघन गरेमा पटकैपिच्छे ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छन् ।

सोही दफाको उपदफा ४ मा ऐन अन्तर्गत बनेको नियम विपरीत कसैले कुनै काम गरेमा निजले तिर्नुपर्ने ठहर भएको बिगो रकम समेत असुल गरी निजलाई महानिर्देशकले पचास हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान छ ।

ऐनको दफा ११ मा दफा १० को उपदफा (४) बमोजिम सजाय भएकोमा चित्त नबुझ्ने पक्षले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान पनि छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी