ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले आज दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

बारा जिल्ला बरियापुर नगरपालिका–४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको घटनामा संलग्न रहेको पाइएपछि खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले प्रतिवादी पाण्डेको साथबाट छ दशमलव ६५ एमएमको गोली ३ थानसहित पोखरा–१ सिम्पानीबाट पक्राउ गरेको छ । गत माघ २३ गते पोखरा महानगरपालिका–१७ महतगौँडामा पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरामा वायरिङको काम गर्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट विकको दाहिने कोखा (पेटको भाग) मा अगाडि पट्टीबाट प्वाल परी पछाडि ढाडको भागमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।

घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०८ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार