अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने « Khabarhub

अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले बनाएको खोप अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।

अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो ।

यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित देखिएपछि खोपलाई स्वीकृति दिइएको हो ।

एफडिएका कमिस्नर डा. ज्यानेट वूडककले सार्वजनिक जीवनलाई सामान्य तर्फ लैजान बालबालिकालाई पनि खोपलाई स्वीकृति प्रदान गरिएको बताएकी छन् ।

अमेरिकामा अहिलेसम्म खोपको २६ करोड १५ लाख ९९ हजार भन्दा बढी मात्रा खोप लगाइएको छ । पूर्ण खोप लगाउनेको संख्या ११ करोड ५३ लाख ३० हजारभन्दा बढी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा