अक्सिजन सिलिन्डर संकलन अभियानमा प्रहरी « Khabarhub

अक्सिजन सिलिन्डर संकलन अभियानमा प्रहरी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अक्सिजन अभावको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिसकिएको छ ।

प्रहरीले संकलन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । ४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको एसएसपी कुँवरले बताए ।

उनका अनुसार बाँकी रहेका ८ सय ४३ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

एसएसपी कुँवरका अनुसार आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै