चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै « Khabarhub

चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै गएको छ । यसपटकको तथ्यांक अनुसार चीनको जनसंख्या वृद्धिदर केही दशक यताकै कम देखिएको छ।

चीन सरकारले मंगलबार जारी गरेको नयाँ तथ्यांक अनुसार गएको १० वर्षमा औषतमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत देखिएको छ।

सन् २०००–२०१० को दशकमा यो दर ०.५७ प्रतिशत थियो। जनगणनाको नयाँ तथ्यांक अनुसार चीनको जनसंख्या एक अर्ब ४१ करोडभन्दा बढि पुगेको छ।

तथ्यांकमा जनसंख्या वृद्धिदर थप कम देखिएपछि दम्पतीहरुलाई बच्चा जन्माउन प्रेरित गर्ने खालका नयाँ योजना ल्याउन चीन सरकारमाथि दबाब परेको छ।

सन् २०२० को अन्त्य तिर गरिएको गणनाको प्रतिवेदन गएको अप्रिलमै सार्वजनिक गर्ने तयारी थियो। सन् १९७९ मा चीनले जनसंख्या वृद्धि नियन्त्रण गर्न एक सन्तान नीति लागु गरेको थियो।

त्यसको प्रभाव अहिलेसम्म पर्दा जनसंख्या वृद्धिदर निकै कम देखिएको हो। सन् २०१६ मा चीन सरकारले एक सन्तान नीति बन्द गरिसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : १२ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र