अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ | Khabarhub Khabarhub

अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लकडाउनको मौका छोपी अक्सिजन लेबल मापन गर्ने अक्सोमिटर कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

बजारमूल्य ६ देखि ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म विक्री गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनका अनुसार सात सय ६५ थान अक्सोमिटर पनि बरामद गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई कुलेश्वरमा बस्ने २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ बर्षीय थुमराज उपाध्याय, स्यांङजा घर भई हाल नानोटेक फर्माका सञ्चालक २७ बर्षीय शेषकान्त अधिकारी, सुनसरी स्थायी घर भई भिमसेनगोलास्थित चिरायू केडी ग्रुप प्रा.लिका ३९ बर्षीय पुस्कर घिमिरे, मोरङ स्थायी घर भई अनामनगर बस्ने आहा इन्टरप्राइजेज कम्पनीका ४४ बर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भई हाल बागबजार बस्ने २१ बर्षीय सन्तोष श्रेष्ठ र भारत राजस्थान झुनझुन घर भएका ५५ बर्षीय जगदीश प्रसाल रानासरिया रहेका छन्।

पक्राउ परेका मध्ये आहा इन्टरप्राइजेज कम्पनीका विशाल आचार्यले चिनबाट मास्क बनाउने तुनामा लुकाईछपाई सो अक्सोमिटर ल्याएर कालोबजारी गरेको पाइएको र उनकै सम्पर्कबाट अन्य व्यक्तिहरु पनि पक्राउ परेका हुन्। प्रहरीले उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाही गर्ने जनाएको छ।

यसअघि महाशाखाले रेमडिसिभिर औषधि ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्री वितरण गर्ने गोरखा आरुघाट गाउँपालिका वडा नं.–४ स्थायी घर भई हाल जिल्ला काठमाडौँ टोखा बस्ने बर्ष–२५ को रफिक मियालाई पनि पक्राउ गरी कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाएको थियो।

No description available.

No description available.

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ५७ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक