बहराइनका राजकुमारसहित ८० जनाले गरे सगरमाथा आरोहण « Khabarhub

बहराइनका राजकुमारसहित ८० जनाले गरे सगरमाथा आरोहण


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– बहराइनका राजपरिवारसहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ : ४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।

“खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहेकी विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”

स्वदेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजेदेखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाई छ । “१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिन्छ”, अधिकृत आचार्यले भनिन्, “त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।”

वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । त्यस पछि यो यामको दोस्रो आरोहण आज भएको हो ।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमति लिएका छन् ।

अधिकांश आरोही अहिले आधारशिविर पुगिसेका छन् भने ती मध्ये पनि धेरै आरोही क्याम्प एक, दुई हुँदै तीनसम्म पुगेर आरोहणका लागि अनुकुल मौसमको पखाइमा रहेका आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । –रासस

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ०१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित