प्रकाश संक्रमणमुक्त, लेख्छन्,‘कोरोना जित्न सकिन्छ’ « Khabarhub

प्रकाश संक्रमणमुक्त, लेख्छन्,‘कोरोना जित्न सकिन्छ’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुत कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको १२ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आफूसँगै आफ्नो भाई देवेन्द्र पनि संक्रमणमुक्त भएको उल्लेख गरेका छन् । उनकी आमा भने अझैं संक्रमित नै छिन् ।

‘नाता र भावनाले जोडिएका आफन्त इस्टमित्र एंव कलाकारितामार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाइ देवेन्द्र र म निको भएका छौं । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यबाद ! कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाड्न चाहन्छौ ।’ उनले लेखेका छन् ।

प्रकाशले आमा संक्रमित भए पनि बलियो आत्मविश्वासका साथ जुधिरहेको उल्लेख गरेका छन् ।

‘आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ !’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : २० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए