स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छ : मन्त्री त्रिपाठी « Khabarhub

स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छ : मन्त्री त्रिपाठी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनलेकोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताए ।

उनले भने,“ सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।” उनले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । “खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन, ” उनले भने, “सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसँग चार डलरमा खरीद गरेको हो ।” उनले‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । “भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन, ” उनले भने, “ भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।”

उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए । उनले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग रु १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए । उनले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १५ बजे

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय