कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय « Khabarhub

कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताए ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ३० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर