नेपाली सेनालाई भारतले दियो स्वास्थ्य सामग्री « Khabarhub

नेपाली सेनालाई भारतले दियो स्वास्थ्य सामग्री


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि