‘द फेमिली मेन ३’मा कोरोना महामारी कथा « Khabarhub

‘द फेमिली मेन ३’मा कोरोना महामारी कथा


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लोकप्रिय वेब सिरिज ‘द फेमिली मेन २’ सिजन जहाँ समाप्त हुन्छ, त्यही अन्तिम दृश्यमा चिनियाँ कोरोना महामारीको झलक देखाइएको छ । यो झलकको बारेमा निर्देशक राज निदिमोरुले नयाँ कुराको खुलासा गरेका छन् ।

निर्देशक राज निदिमोरु राज र डीकमा एक हुन् । जसले वेब सिरिज ‘द फेमिली मेन’को निर्देशन गरेका थिए । उनले यसअघि ‘द फेमिली मेन’को दोस्रो सिजनको अन्तिम दृश्यमा तेस्रो सिजनको पृष्ठभूमि हल्का रुपमा देखाइने बताएका थिए ।

उनको भनाई अनुसार नै दोस्रो सिजनको अन्तिम दृश्यमा कोरोना महामारीको पृष्ठभूमि देखाइएको छ ।

अन्तिम दृश्यमा एक रहस्यमय व्यक्ति कोलकातामा बसेर आफ्नो चिनियाँ हेण्डलरलाई प्रोजेक्ट ‘गुआन यू’ सुरु गर्न निर्देशन दिन्छन् ।

‘यो दृश्य अलग्गै खिचिएको हो । यो टिजरका रुपमा सिरिजमा राखिएको हो’, राजले भनेका छन् । उनले तेस्रो सिजनमा कोरोना महामारीको झलक हुने भनेपनि कस्तो कथामा महामारी जोडिन्छ भन्ने विषय खुलाएका छैनन् ।

उनले कोरोना महामारीको हिस्सा कथामा जोडिने भएपनि कथा नलेखिएको जनाए । ‘द फेमिली मेन’मा मनोज वाजपेयी श्रीकान्त तिवारीको भूमिकामा छन् । जो आफैंमा एक जासुस हुन्छन् । उनी देशमाथि हुन लागेको हमलासँग लड्नका लागि तयार हुन्छन् । यो शोमा प्रियामणि, शरद केलकर र श्रेया धनवन्तरी पनि प्रमुख भूमिकामा छन्

अभिनेत्री समान्था अक्किनेनीले भने ‘द फेमिली मेन २’मार्फत डिजिटल डेब्यू गरेकी छन् । उनको भूमिकालाई निकै मनपराइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १० बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा